spot_img

ठुलो मान्छे होइन असल मान्छे बन्‍नु जन्‍मदिनको शुभकामना, बाबु !!

आज तिम्रो जन्मदिन, जन्मदिनको पावन अवसरमा सुस्वास्थ, दीर्घायू, उत्तरोत्तर प्रगति एवम् तिम्रा हरेक इच्छाहरु पूरा हुँदै जाउन् भनी लाखौं लाख शुभकामना दिन चाहन्छु छोरा, हिमांशु ।

जिन्दगीमा खुसी भएर बाँच्‍न धेरै खुसीहरु चाहिने होइन रहेछ, एक-दुई वटा अमूल्य खुसीका क्षणहरु नै काफी हुन्छन् । त्यस्तै एउटा क्षण हो, तिमी हाम्रा लागि अमूल्य रत्‍न भएर जन्मेको आजको दिन हो, कार्तिक २५ गते ।
भगवानको उपहार हौ तिमी छोरा, तिम्रो नामबाट नै प्रष्‍ट हुन्छ । तिमी मेरो मात्रै होइन तिम्रो मामुको र मेरो दुबैको अंश हौ । अनि सिंगो परिवारको पनि । तिमीले हाम्रो जीवनमा प्रवेश गरिरहँदा तिम्रो मामुले पाएको अनि खपेको दु:ख, पीडा, कष्‍टका क्षणहरुको समर्पणहरुलाई व्यक्त गर्न मसँग कुनै शब्द नै छैनन् ,छोरा । तिम्रो मामुले नै तिमीलाई आफूभित्र एक अंश दिएर संगालेर हुर्काउँदै यहाँसम्म पुर्‍याइन्, जसमा मेरो अमूल्य साथ मात्रै रह्‍यो ।

तिम्रो मामुको खुसी नै मेरो खुसी हो, छोरा । तिम्रो मामु र मैले नै तिम्रो नाम हिमांशु राखौं भनेर निर्णय लियौं र तिमीलाई हिमांशु भनेर बोलाउने निर्णय गर्‍यौं । बाँकी तिम्रो आफ्नो पहिचान र छुट्टै परिचय तिम्रो आफ्नै सत्कर्मले निर्णय गर्न सफल हुनु तिमीलाई फेरि पनि शुभकामना छ, छोरा ।

जीवनमा असल व्यक्तिको रुपमा तिमीलाई उभ्याउने हाम्रो प्रयास सधैं रहिरहनेछ । तिम्रो हुर्काइलाई जीवनको प्रथम शिक्षालयको रुपमा लिँदै संसारलाई चिन्‍ने र बुझ्‍ने सकारात्मक नजर अनि त्यो संसारमा कसैको नजरमा नबिझाउने सुयोग्य पात्रका रुपमा तिमीलाई स्थापित गर्न हाम्रो सधैं प्रयास रहिरहनेछ ।l मात्र तिमीले हाम्रो यही मनोकांक्षालाई तातेतातेकै लयमा आफ्नो चाल अघि बढाइरहनु है, छोरा ।

छोरा छोरीबीचको विभेदपूर्ण व्यवहार अनि अभ्यस्त हाम्रो समाजमा पुरुषत्वको गर्व कुसंस्कार स्वभावलाई भुलेर सकारात्मक सोचलाई अंगिकार गर्दै नारीप्रतिको सम्मान र समभावपूर्ण व्यवहारबाट सच्चा पुरुषको परिचय निर्माण गर्नमा सधैं अग्रसर हुनु । कुनै पनि नारीलाई नारी भएकै कारण तिम्रो व्यवहारले आजित हुन नपरोस् अनि तिम्रो उपस्थितिले असहजता होइन हरेक नारीलाई सुरक्षित महसुस गराउनु ।

तिमीलाई आफू पुरुष भएकोमा यस कुराले गर्व होस् तिमीलाई मेरो सुभेच्‍क्षा छ है छोरा । तिमीले यस मुलमन्‍त्रको अभ्यास तिम्रो मामुको सम्मान र आदरभावबाट गर्नुपर्नेछ, किनकि आफूले जन्म दिने आमा ती हुन्, जसले सन्तानको सुख र खुसीका लागि आफ्ना हजारौं खुसीहरुलाई मारेकी हुन्छिन् । जसरी मलाई मेरो आमाहरुप्रति गर्व र आदरभाव छ, तिमीलाई त्योभन्दा पनि बढी हुनुपर्छ छोरा ।

तिम्रो सफल भविष्यको कल्पना गरिरहँदा अहिलेको पछिल्लो पुस्तामा देखिएको अस्थिरता, विचलन, असामाजिक व्यवहारले कताकता डर पनि लागिरहन्छ, तिमी ठूलो हुँदा खै कस्तो समय आउने हो भनेर ? मलाई तिमी समयसापेक्ष प्राविधिमैत्री भएको हेर्न मन छ, किताबी ज्ञानभन्दा पनि व्यवहारिक ज्ञानमा पोख्त भइ देश-विदेशसम्म फैलिएको हेर्न धोको छ छोरा । धैर्यवान, दुरदर्शी र असल संस्कारसहितको साक्षर र सफल व्यक्तिको रुपमा हेर्न मन छ ।

आशा छ मलाई छोरो तिमीप्रति, तिमीले मेरो कुरालाई पछि बुझ्‍नेछौ र अवलम्बन गर्नेछौ । हाम्रो खुसीको कारण तिमी हौ छोरा । यसरी नै सधैं हाम्रो परिवारको खुसीको कारण भइराख्नु है छोरा । हाम्रो मात्र होइन छोरा, सिंगो देश र आफ्नो समाजको, दुखेको मनहरुको समेत खुसीको कारण बन्नु है छोरा, तिमीलाई बाबाको आशिर्वाद छ ।

फेरि पनि भन्छु छोरा, जिन्दगीमा अरुको दु:ख बुझ्‍न सक्ने आफ्नै पौरखमा बाँच्‍ने एक स्वाभिमानी जिम्मेवार नेपाली नागरिक बन्‍नु, तिम्रो बाबाको तर्फबाट तिमीलाई जन्मदिनको फेरि पनि धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

अन्य पोष्टहरु

spot_img
spot_img

Contact

Hemanta Parajuli

Teacher

Follow Us

Page View

website counter

Calender

Nepali Date Converter


Powered by © nepali date converter

Video